Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

गाउँघर भरिदै, सहर रित्तिदै


दसैँको टिकाको दिन नजिकिँदै गर्दा पोखराको सहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिनुभयो ।

दसैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्रहरू टुँडिखेल, खसीबजार लगायतमा फुलपातिका दिनसम्म मानिसहरूको भीडभाड रहेपनि ती स्थानमा पनि चहलपहल घट्दै गएको छ ।

दसैँका लागि पोखरामा विगतमा भन्दा कम सङ्ख्यामा च्याङ्ग्रा आएको र मूल्य पनि विगतमा भन्दा महङ्गो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् । पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका रु छ सय ५० देखि सात सय ५० रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ ।

बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ । नवदुर्गालाई लक्षित गरी पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरी नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ । पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दसैँ विशेष पूजाआजा चलिरहेको छ । भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो ।

मन्दिरमा विधिवत् फुलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उहाँले जानकारी दिनुभयो । मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।


क्याटेगोरी : अर्थ, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!