Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो – राष्ट्रपति सी


चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिनुभएको छ । उहाँले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँको टिप्पणी छ, खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली लागू गर्नुपर्छ ।

सबै तहका पार्टी समिति र सरकारहरूले कृषि, ग्रामीण क्षेत्र र किसानहरूसम्बन्धी कार्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रमुख नीति, निर्णय र योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।

कृषि आधुनिकीकरणलाई अगाडि बढाउन विज्ञहरूको मात्र नभई सबै किसानहरूको प्रयास आवश्यक छ । आधुनिक कृषि विज्ञान र प्रविधिको प्रवद्र्धन र प्रयोग र किसानहरूको तालिमलाई बलियो बनाउनुपर्छ र सबै ठूला अन्न उत्पादकहरूले यसमा ध्यान दिनुपर्छ ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!