Techie IT
  • १४ वैशाख २०८२, आईतबार
Nepal Gyan

शेर्पा विद्यार्थी स्वयंसेवक बनेर विद्यालयको भर्नामा सहयोग गर्न तयार 


हाल देशभरिका शिक्षकहरू आफ्नो पेशागत अधिकार, सुरक्षा र सम्मानका लागि आन्दोलनरत हुनुहुन्छ। नेपाल शेर्पा विद्यार्थी संघ उहाँहरूको जायज मागप्रति ऐक्यबद्धता प्रकट गर्दछ र सम्बन्धित सरोकारवाला निकायहरूलाई यस समस्याको दिगो समाधानको लागि गम्भीर रूपमा सम्बोधन गर्न आग्रह गर्दछ।

शैक्षिक सत्र समाप्त भइसकेको छ र नयाँ भर्ना प्रक्रिया सुरु हुनु पर्ने समय आइसकेको छ। तर हालको परिस्थिति एवं आन्दोलनका कारण धेरै स्थानहरूमा भर्ना प्रक्रिया अवरुद्ध भएको छ, जसले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने खतरा छ। विशेषतः ग्रामीण तथा हिमाली क्षेत्रका विद्यार्थीहरू बढी प्रभावित भएका छन्।

यस सन्दर्भमा, नेपाल शेर्पा विद्यार्थी संघ सम्बन्धित सबै निकायहरू — शिक्षा मन्त्रालय, स्थानीय तह, शिक्षक महासंघ तथा अन्य सरोकारवालाहरूलाई आपसी संवाद र सहकार्य मार्फत समस्याको छिटो समाधान गर्न हार्दिक अनुरोध गर्दछ।

साथै, हामी नेपालभरका स्थानीय तहहरूलाई आग्रह गर्न चाहन्छौं कि संविधानले प्रत्याभूत गरेको शिक्षाको अधिकार सुनिश्चित गर्न, र विद्यार्थीहरूको भविष्य जोगाउन, स्थानीय सरकारको तहबाट भए पनि तुरुन्त भर्ना प्रक्रिया सुरु गरियोस्। विशेष रूपमा जहाँ शेर्पा समुदायको उल्लेखनीय जनसंख्या रहेको छ, ती स्थानीय सरकारहरूलाई नेपाल शेर्पा विद्यार्थी संघको स्थानीय इकाइ समिति अथवा सम्बन्धित जिल्ला कमिटी हरू स्वेच्छिक रूपमा साथ दिई हामी स्वयंसेवकको रूपमा सक्रिय सहयोग गर्न तत्पर छौं।

शिक्षा कुनै पनि राष्ट्रको आधार हो, त्यसैले यो अवरोध तत्काल अन्त्य होस् भन्ने हाम्रो स्पष्ट आग्रह छ। संविधानले प्रत्याभूत गरेको शिक्षाको अधिकारलाई सुनिश्चित गर्न अब ढिलाइ गर्नु हुँदैन। विद्यार्थीको भविष्य सुनिश्चित गर्न आजैबाट समाधानको बाटो खोलौं।


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!