Techie IT
  • १२ वैशाख २०८२, शुक्रबार
Nepal Gyan

शेर्पा संघ वागमतीको दोस्रो अधिवेशन २७ वैशाखमा हुने


नेपाल शेर्पा संघ वागमती प्रदेशको दोस्रो अधिवेशन यही वैशाख २७ गते हुने निश्चित गरिएको छ । सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उद्घाटन गर्नेछन् ।
राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, विभिन्न राजनीतिक दलनिकट शेर्पा नेतृत्वहरु लाक्पा ठिलेन शेर्पा, ङिमी शेर्पा, निमफुन्जो शेर्पा ,दावा शेर्पा, फुर्पा शेर्पा, लाम्बाबु शेर्पा र वागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पा सहितको टोली सञ्चारमन्त्री गुरुङलाई निमन्त्रणा दिन सञ्चार मन्त्रालय पुगेको थियो ।शेर्पाहरुको साझा संस्थाको रुपमा रहेको नेपाल शेर्पा संघ बागमती प्रदेश समितिको अधिवेशन शेर्पा पार्टी प्यालेस जोरपाटीमा सम्पन्न हुनेछ ।
हरेक तीन/तीन वर्षमा अधिवेशन सम्पन्न गर्नुपर्ने नियम भएपनि कोभिड महामारीको असरले गर्दा ढिलो गरेर पाँच वर्षपछि नयाँ नेतृत्व निर्वाचित गरिन लागेको नेपाल शेर्पा संघ वागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले जानकारी दिए ।
‘उचित अवस्था नमिल्दा समयमै अधिवेशन गर्न सकिएन,’ तर, अहिले स्थानीय र जिल्लामा संघका सबै अधिवेशन जारी रहेको बताउँदै शेर्पाले भने, ‘आफ्नो समुदायको हकहित र अधिकार संरक्षणमा कुनै कसर बाँकी राखिन्न । भव्यसँग अधिवेशन सम्पन्न गरिने छ ।’


नयाँ नेतृत्वका लागि पनि गरम बहस चलिरहेको छ । सिन्धुपाल्चोकबाट लाक्पा शेर्पा, दोलखाबाट मिङ्ग्युर शेर्पा र रामेछापबाट लाम्बाबु शेर्पा नेतृत्व लिन तयार रहेको स्रोत बताउँछ । प्रतिनिधि छनोटका लागि सिन्धुपाल्चोक, दोलखा,रामेछाप , काठमाडौ ,ललितपुर ,नुवाकोट र भक्तपुर जिल्लामा स्थानीय र जिल्लास्तरीय अधिवेशन जारि रहेको छ । १५ वैशाखभित्र तल्लो कमिटीले अधिवेशन सकेर प्रतिनिधि तयार गर्नुपर्ने सर्कुलर छ ।
राष्ट्रिय कलाकार र शेर्पा समुदायको साँस्कृतिक प्रस्तुति रहने उक्त अधिवेशनमा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, पूर्वमन्त्री कृपाश्वर शेर्पा, संविधानसभा सदस्य जिपछिरिङ लामा, प्रदेश सांसदलगायतको विशेष सहभागिता रहनेछ । अधिवेशनले नयाँ नेतृत्वसहित नयाँ कार्यसमिति निर्वाचित गरेर शेर्पा समुदायको खासगरी युवा पिँढीलाई आफ्नो भाषा, धर्म, सँस्कृति र शेर्पा रीतिरिवाजबारे प्रशिक्षण दिने नीति कार्यान्वयन गर्नेछ । ‘संघ स्थापना भएदेखि नै हामीले शेर्पा समुदायको हितका लागि विभिन्न नीति तथा कार्यक्रम तय गरेर लागू गरेका छौँ,’ अध्यक्ष शेर्पाले भने ।


पाँच वर्ष लामो उनको कार्यकालमा धेरै परोपकारी काम भएका छन् । कोभिड महामारीमा राहत वितरण , शेर्पा जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि अभियान , विरामी र अन्य समस्या पर्दा राहत सहयोग , सिन्धुपाल्चोकमा उत्पन्न बाढीपहिरोमा पीडितलाई राहत, शेर्पा समुदायमा जनचेतना तथा जागरण कार्यक्रम, रक्तदान कार्यक्रम र शेर्पा समुदायको नेतृत्व क्षमतामा विकासजस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका थिए । प्रदेश अधिवेशन सम्पन्न भएपछि संघको राष्ट्रिय महाधिवेशन जेठ २३–२४ गते हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!