Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

युक्रेनमा फसेका नेपालीको उद्धार गर्न सरकारको काम : वेबसाइट र एप बनाउने


काठमाडौँ- रुस-युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गर्न सरकारले वेबसाइट र मोबाइल एप अध्यावधिक गर्ने निर्णय गरेको छ।

अन्य देशले जहाज पठाएर कुटनीतिक पहलबाट नागरिकको उद्धार प्रयास गरिरहेका बेला नेपाल सरकार भने युद्धमा फसेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न वेबसाइट र मोबाइल एप अध्यावधिक गर्नतिर लागेको हो।

बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको पदाधिकारी बैठकले श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्डको वेबसाइटमा युक्रेन द्वन्द्वमा फसेकाहरुको आफ्नो अवस्थाका सम्बन्धमा नेपाल सरकारलाई जानकारी गराउनेगरी वेबसाइट र मोबाइल एप अध्यावधिक गर्ने निर्णय गरेको हो।

अध्यावधिक गरेको जानकारी परराष्ट्र मन्त्रालय र जर्मनीस्थित नेपाली राजदूतावासमा दिने र समन्वय केन्द्रमा लिंक स्थापित गर्ने निर्णय गरेको छ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!