Techie IT
  • १६ चैत्र २०८१, आईतबार
Nepal Gyan

नेपाल शेर्पा विद्यार्थी संघमा नँया नेतृत्व चुन्दै


शेर्पा समुदायबिच सक्रिय रहेको नेपाल शेर्पा विद्यार्थी संघ नँया नेतृत्व चुन्ने अन्तिम तयारीमा पुगेको छ । यसअघि शेर्पा विद्यार्थी संघको १४ औं राष्ट्रिय महाधिवेशनमा बृहत सहमतिद्वारा एक-एक वर्षको आलोपालो नेतृत्वको सहमति अनुसार विशेष साधारण सभा तय भएको थियोे । उक्त सहमति बमोजिम यही चैत्र १६ गते शनिबार नेपाल शेर्पा विद्यार्थी संघद्वारा सहमति सहकार्य र समन्वयलाई विशेष महत्त्वमा राखी वार्षिक साधारण सभा हुने नेपाल शेर्पा विद्यार्थी संघले जनाएको छ ।


साधारण सभा नारायणटार, काठमाडौँ स्थित नेपाल शेर्पा सङ्घको भवनमा हुनेछ। यसअघि १४औं राष्ट्रिय महाधिवेशन ०८० चैत्र १० गते सम्पन्न गरी बृहत सहमति अनुरूप सर्वसम्मत कमिटी चयन भएको थियो। अध्यक्ष छिरिङ शेर्पाले एक वर्षको कार्यकाल पूरा गरेका छन् । यस पटक साधारण सभा मार्फत सहअध्यक्ष फुर्वा छिरिङ शेर्पाले नेपाल शेर्पा विद्यार्थी संघको नेतृत्व गर्ने निश्चित भएको छ । अघिल्लो महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासीहरु छिरिङ शेर्पा र फुर्वा छिरिङ शेर्पा ‘छिरिङ ला’ बीच एक-एक वर्षको आलोपालो अध्यक्ष हुने सहमति भए संगै सर्वसम्मत केन्द्रीय समिति चयन भएको थियो।


के हो शेर्पा विद्यार्थी संघ ?
नेपाल शेर्पा विद्यार्थी संघ विक्रम सम्वत् २०५० सालमा स्थापित सम्पूर्ण शेर्पा विद्यार्थीको छाता संगठन हो । गैर राजनीति, गैर नाफामूलक, विशुद्ध यस सामाजिक संस्थाले स्थापनकालदेखि अनेकन सामाजिक कार्य गर्दै आएको छ ।
शेर्पा विद्यार्थी लगायत सिंगो शेर्पा समुदायको विकास समयानुकूल रूपान्तरण र विद्यार्थीको अधिकारको लागि अग्रसर रही विविध गतिविधि गरेर लोकप्रिय बनेको छ। यस संस्थाले शेर्पा समुदायमा सदैव एकताको प्रतीक भई कार्य अगाडि बढाइरहेको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!