Techie IT
  • ३ फागुन २०८१, शनिबार
Nepal Gyan

अमेरिकाको न्युयोर्कमा जिल्ला बासीले मनाए ल्होसार


अमेरिकाको न्यूयोर्कमा रहेका तामाङ, योल्मोपा र ह्योल्मो समुदायले प्राचीन परम्पराअनुसार मानिने सोनाम ल्होसार पर्व भव्य साथ मनाएका छन् । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाबासी संम्लग्न समूदायले ञ्याठी चेन्पो संवत् २१५२ औं न्यूयोर्कमा मनाएका हुन् ।

‘सोनाम ल्होसार–२०२५ को अवसरमा संयुक्त कार्यक्रमको आयोजनासमेत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि धर्मगुरू Ven. Dungzin Rinpoche Dawa Sangbo Yolmopa लामा गुरू थिए । बौद्ध महायान/वज्रयान धर्म परम्परा अनुसार ल्हाप्सोल कार्यक्रम स–सम्पन्न गरिएको समुदायले जनाएको छ ।

कार्यक्रमबिच विधिवत् पूजा प्रार्थनापछि धर्मगुरू Ven.Dungzin Rinpoche बाट ल्होसार र खाताग् (खादा) सम्बन्धी प्रवचन र आर्शिवाद दिएका छन् । अन्य विशेष अतिथि क्रमशः ह्योल्मो सोसाईटी अफ अमेरिकाका अध्यक्ष लामा तेन्जिन् डक्पा, उपाध्यक्ष लामा सेन् ग्याल्जेन र तामाङ समाज डिसी अमेरिकाका पूर्व अध्यक्ष दाका तामाङ, अतिथिहरू ह्योल्मो सोसाईटी अफ अमेरिकाका केन्द्रीय सदस्य लामा साईला र पूर्व केन्द्रीय सदस्य टासी लामाज्यू लगायतका कार्यक्रममा उपस्थिति थिए ।

समूहका संयोजक मञ्जु वाईबा विष्टले प्रमुख अतिथि, अतिथि लगायत सहयोगी सबै प्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!