Techie IT
  • ८ माघ २०८१, मंगलबार
Nepal Gyan

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने


प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : प्रविधी, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!