Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

प्रथम वडाअध्यक्ष कप २०७९ दुगुना सम्पन्न


सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका अन्तर्गत वडा नं ३ मा प्रथम वडा अध्यक्ष फुटबल कप २०७९ सम्पन्न भएको छ। यस खेलको आयोजक श्रि फ्रेण्डसिप युबा क्लब , दुगुना र प्रायोजक मा वडा नं ३ रहेको थियो ।

नेपालीहरूको महान पर्वहरू ( विजय दशमी, शुभ दिपावली , छठ ) नजिकिदैँ गएको शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न उक्त खेल आयोजना गरेको थियो ।

उक्त खेलमा कुल ८ टिमको सहभागी रहेको थियो । खेलमा सहभागी हुन भोटेकोशी गाउँपालिका अन्तर्गत को क्लबहरु मात्र समावेश गरेको थियो । हिजो भएको फाइनल खेलमा आयोजक टिम र दशकिलो युनाइटेड ( दशकिलो ) बिच को खेल मा १-४ को गोल स्कोर भएको थियो । फाइनल खेल जितेको दशकिलो युनाइटेले शिल्ड, मेडल , प्रमाणपत्र तथा नगद रु २०००० प्राप्त गरे भने दोस्रो हुन सफल आयोजक टिम श्री फेण्डशिप युवा क्लब ले मेडल , प्रमाणपत्र तथा नगद रु १०००० प्राप्त गरेका छन्।

त्यस्तै हाइ गोल स्कोरर्र मा बहादुर शेर्पा ( दशकिलो युनाइटेड), सर्वउत्कृष्ट खेलाडी मा सबिन तामाङ (श्रि फ्रेण्डसिप युवा क्लब) र उत्कृष्ट गोलकिपर मा अभिषेक लामा ( दशकिलो युनाइटेड ) ले हात पारे । प्रत्येक वर्ष यसै गरी आफ्नो कार्यकाल समाप्त हुने सम्म वडा अध्यक्ष कप लाइ निरन्तर रहने वडा अध्यक्ष श्री निमासोना शेर्पा ले प्रतिबद्धता गर्नुभयो ।


क्याटेगोरी : खेलकूद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!