Techie IT
  • २८ चैत्र २०८१, शुक्रबार
Nepal Gyan

‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान समिति बनाउन निर्देशन


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा  ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्र्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिनामङ्गलस्थित विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो चाडो समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । सचिव अर्यालले समस्या समाधानका लागि विभागका महानिर्देशक र सहसचिवको समिति बनाउन निर्देशन दिनुुभयो । “यस्ता विषयलाई सधैँभरि अनिर्णयको अवस्थामा राखिरहनु हुँदैन । कुन तहको समिति बनाएर समाधान गर्न सकिन्छ, त्यसबारे सोचौँ । विभागका महानिर्देशक वा सहसचिव बसेर भए पनि यो विषयलाई टुङ्गोमा पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।

सचिव अर्यालले विभागलाई अनुगमनका कार्यक्रम थप प्रभावकारी बनाउन अनुरोध गर्दै विभागले तय गरेका वार्षिक कार्यक्रम तोकिएको समयमै पूरा गर्न, सम्बन्धित ऐन,  निर्देशिका, कार्यविधि समसामयिक बनाउन सुझाव दिनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : कृषि, खेलकूद, प्रविधी, भिडियो, राजनीति, समाचार, समाज, स्वास्थ्य, शेयरबजार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!