Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

आत्महत्या रोकथामसम्बन्धी सचतेना


आत्महत्याको दरलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं १ सरकारले नेपाल प्रहरीसँग मिलेर सचेतना कार्यक्रम शुभारम्भ गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले यही असोज २ गते विराटनगरमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले नागरिकको जीवनरक्षा गर्ने प्रहरीको मूल दायित्व र कर्तव्य रहेको बताउनुभयो । नेपाल प्रहरीको कार्ययोजना २०७९ अन्तर्गत कार्यक्रम सुरु गरिएको बताइएको छ ।

प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले विभिन्न सरोकारावाला निकायसँग मिलेर आत्महत्या रोगथामसम्बन्धी विभिन्न सचेतना कार्यक्रम जारी राखेका छन् । प्रदेश नं १ मा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष दोब्बरले बढी रहेको प्रहरीको तीन वर्षको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी नवीनराज राईका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार चार सय ८९ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुषको सङ्ख्या नौ सय २२ र महिला चार सय ४३ छन् । आव २०७७÷७८ मा आत्महत्या गरेका एक हजार पाँच सय १६ मध्ये पुरुष आठ सय ९१ र महिला चार सय ७४ थिए ।

आव २०७६÷७७ मा आत्महत्या गर्नेको कूल सङ्ख्या एक हजार तीन सय ४४ रहेको थियो । जसमध्ये पुरुष सात सय ७० र महिला चार सय १६ जना थिए ।

प्रहरीका अनुसार झुण्डिएर, विषसेवन र औजारको प्रयोग गररे आत्महत्याका घटना भएका छन् । प्रदेशभरमा अधिक आत्महत्या हुने जिल्ला क्रमशः झापा, मोरङ र सुनसरी हुन् । आव २०७८÷७९ मा झापामा तीन सय १४, मोरङमा तीन सय १४ र सुनसरीमा दुई सय १२ ले आत्महत्या गरेका छन् । पहाडी जिल्लामा भने सबैभन्दा बढी आत्महत्या इलाममा हुने गरेको छ । गत आवमा इलाममा एक सय २८ जनाले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्ने बालबालिकाको सङ्ख्यासमेत कहालीलाग्दो छ । आव २०७८÷७९ मा एक सय २४, आव २०७७÷७८ मा एक सय ५१ र आव २०७६÷७७ मा एक सय ५८ बालबालिकाले आत्महत्या गरेको पाइएको छ । “आत्महत्या यसैकारणले हुन्छ भन्न सकिँदैन”, प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी राईले भन्नुभयो, “तर अधिकांश घटना आर्थिक लेनदेन र घरेलु विवादका कारण भएका देखिन्छन् ।” यो कार्यक्रमले आगामी दिनमा आत्महत्याका घटना न्यूनीकरण हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!