Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

तयारी पोसाकको निर्यात बढाइने


नेपाल चेम्बर अफ कमर्शले तयारी पोसाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । नेपाल तयारी पोसाक उद्योग सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्रान्डिङका लागि चेम्बरले सहयोग गर्ने बताएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात प्रवद्र्धन एक मात्रै विकल्प भएको बताउनुभयो । “विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखामार्फत तयारी पोसाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो । अध्यक्ष मल्लले ९० को दशकमै नेपालबाट वार्षिक रु ११ अर्ब बराबरको तयारी पोसाक निर्यात हुने गरेको भन्दै अहिले मुस्किलले सात अर्बको निर्यात हुनु दुर्भाग्य भएको बताउनुभयो ।

नेपालका तयारी पोसाकको निर्यात प्रवद्र्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसँग सहकार्य गरिने उहाँको भनाइ थियो । तयारी पोसाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।

नेपाल तयारी उद्योग पोसाक सङ्घका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भए पनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो । चालु आर्थिक वर्षमा निर्यात रु १० अर्ब पु¥याउने लक्ष्य आफूहरुले लिएको अध्यक्ष पाण्डेको भनाइ छ ।

नेपालमै उत्पादित वस्तु पछिल्लो समय गुणस्तरीय बन्दै गएको भए पनि यसबारे आम उपभोक्तालाई सचेतना जगाउन नसकिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!