Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

सङ्क्रमण सयभन्दा तल झ¥यो


आज सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक सय ३१ जना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमणको ९८.६ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ६६ रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका ११ वटा जिल्ला रहेका छन् ।

यस्तै होमआइसोलेशनमा एक हजार नौ सय दुई, संस्थागत आइसोलेशनमा ६४, सघन उपचारकक्ष (आइसीयू)मा २० जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि लगाएका छैनन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!