Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह


नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका लागि हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह गरेको छ । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) वा सम्बन्धित निकायमा आवद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासङ्घले माग अघि सारेको हो ।

महासङ्घले आफ्नो आठौं स्थापना दिवसका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९’ शुभकामना तथा ध्यानाकर्षण गराइएको हो । महासङ्घले उक्त क्षेत्रको बृहत्तर विकासका लागि बुँदागत रुपमा ध्यानाकार्षणसमेत गराएको हो ।

नेपालमा हाल उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यक्ताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासङ्घले माग अघि सारेकोे छ ।

तालिम नभइ रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरु पनि दक्ष नबनी जादाँ न्युनतम पारिश्रमिक लिन बाध्य भएको महासङ्घको ठहर छ । तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासङ्घले अनिवार्यरुपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ ।

नेपालमा हाइड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको यथार्थसमेत महासङ्घले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै देशैभर हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गरिनुपर्ने महासङ्घको भनाइ छ ।

यसैगरी महासङ्घले देशका सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोही अनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

महासङ्घका अध्यक्ष अच्युत नेपालले एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिक हकका रुपमा सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । महासङ्घ नेपालमा विद्यमान रहेको बेरोजगारी, गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने उहाँको भनाइ छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्र साउदले शुभकामना दिनुभएको थियो । –––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!