Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहारमा


‘गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण’ सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि सुरू भएको छ ।

इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन नयाँ दिल्लीद्वारा नव नालन्द महाबिहारको सहकार्यमा बिहारको नव–नालन्द महाबिहारमा आयोजित सम्मेलनको बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा तथा शाही भुटान मन्दिर केन्द्रीय बिहार निकाय भुटानका सचिव उगेन नामग्यालले संयुक्त रूपमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लामाले गुरु पद्मसम्भवको योगदानको चर्चा गर्नुभएको थियो । गुरु पद्मसम्भवको जीवन र शिक्षाले तिब्बती बौद्ध धर्मलाई विकास तथा विस्तारका साथै अभ्यासकर्ताहरूलाई प्रेरित गरेको जिकिर गर्नुभयो । ८औँ शताब्दीमा, तिब्बतको हिमालमा बौद्ध धर्मको प्रचार गराउन तिब्बती राजा ट्रिसोङ डेट्सेनले निमन्त्रणा दिएको र तिब्बतमा धर्मराजा त्रिसोङ ड्युसेन र मठाधीश शान्दरक्षितसँग मिलेर बौद्ध परम्पराको स्थापना गरेको उहाँले उल्लेख गर्नुभयो ।

बिहारका गभर्नर राजेन्द्र अर्लेकरलले दोस्रो बुद्धको संज्ञा दिँदै गुरु पद्मसम्भवको जीवन, शिक्षा र स्थायी प्रभावबारे चर्चा गर्नुभयो । गुरु रिन्पोछे पनि भनिने पद्मसम्भवलाई तिब्बत, नेपाल, भुटान र भारतको हिमालय क्षेत्रमा बुद्ध धम्म फैलाउने श्रेय जाने उहाँको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा शाही भुटान मन्दिर, केन्द्रीय बिहार निकाय भुटानका सचिव उगेन नामग्यालले गुरु पद्मसम्भवको दर्शनबारे उजागर गर्ने प्रयास भएको र सम्मेलनले उहाँको जीवन र विरासतमा गहन अन्तरदृष्टि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनले श्रीलङ्का, भुटान, नेपाल र भारतका विज्ञहरूलाई गुरु रिन्पोछेको जीवन र योगदानका विभिन्न पक्षहरूका बारेमा छलफल गर्नका लागि एउटा मञ्च प्रदान गरेको उहाँले बताउनुभयो । सम्मेलनले बुद्ध धर्मका मूल सिद्धान्तहरूलाई स्थानीय संस्कृति र संवेदनशिलतामा अनुकूलन गर्ने गुरु पद्मसम्भवको क्षमतालाई उजागर गर्ने, स्थानीय प्रतीकहरू र अनुष्ठानहरू प्रयोग गरी भगवान बुद्धका शिक्षाहरू विभिन्न समुदायसम्म पु¥याउने उद्देश्य राखिएको छ । सम्मेलनमा २४ भन्दाबढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!