Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

शेर्पा पर्यटन व्यवसायी एवं शेर्पा समुदायको वृद्धि-विकासमा शेर्पा पर्यटन व्यवसायी संघ नेपाल


आसन्न ट्रेकिङ एजेन्ट्स असोसिएसन अफ नेपाल (टान) निर्वाचन-२०२४ सम्बन्धि शेर्पा पर्यटन व्यवसायी संघ नेपालले काठमाडौँमा बृहत शेर्पा पर्यटन व्यवसायी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। विश्व समुदाय माझ शेर्पा समुदाय नेपाल र हिमालका पर्याय हुन्। कार्यक्रमको स्वागत मन्तव्य पेश गर्ने क्रममा, पर्यटन क्षेत्रको विकास तथा शेर्पा पर्यटन व्यवसायी एवं शेर्पा समुदायको वृद्धि-विकासमा शेर्पा पर्यटन व्यवसायी संघ नेपाल आफ्नो स्थापना काल देखि नै लागिरहेको शेर्पा पर्यटन व्यवसायी संघ
नेपालका अध्यक्ष पेम्बा शेर्पा (संगम)
ले बताउनु भयो। संगम शेर्पाका अनुसार शेर्पा पर्यटन व्यावसायिहरु एकजुट बनाउने अभियानमा जुट्नुका साथै संघले शेर्पा समुदायको वृहत्तर
हितका लागि निषेधको राजनिती अन्त्य गर्ने कुरामा शेर्पा पर्यटन व्यवसायी संघ प्रतिबद्ध छ।
नेपालको सन्दर्भमा शेर्पा समुदाय
नेपाली पर्यटन, विशेष गरी पर्वतारोहण
क्षेत्रका अगुवा हुन् । नेपाल र हिमाललाई विश्व माझ चिनाउने शेर्पा हुन् । शेर्पा समुदायले नेपाली आतिथ्य तथा पर्यटन क्षेत्रलाई निस्वार्थ योगदान पुर्याईरहेका छन् । यथार्थमा भने यही शेर्पा समुदाय जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । यसले नेपालको समस्त पर्यटन क्षेत्रमा नै नकारात्मक असर पारिराखेको छ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि शेर्पा पर्यटन व्यवसायीहरू प्रतिबद्ध रहेको, साथै टान (TAAN) लगायतका पर्यटन संबद्ध संस्थाहरूको नेतृत्व गर्न तयार रहेको कुरा कार्यक्रमको मुख्य छलफलको विषय रहेको थियो ।
यही अगस्ट २०२४मा आसन्न ट्रेकिङ
एजेन्ट्स असोसिएसन नेपाल (TAAN)को निर्वाचन मार्फत् शेर्पा पर्यटन व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न शेर्पा पर्यटन व्यवसायीका तर्फबाट कार्यकारी पदहरूमा उमेद्वारीको विकल्प नरहेको तथ्य यसै भेला मार्फत अनुमोदन गरिएको छ ।
बृहत शेर्पा पर्यटन व्यवसायी भेलाले अनुमोदन गरे बमोजिम, शेर्पा पर्यटन व्यवसायी संघ नेपालका तर्फबाट आसन्न टान चुनावमा अध्यक्ष, उपाध्यक्ष, महा-सचिव, कोषाध्यक्ष लगायत कार्यसमिती सदस्य सहितका अन्य पदमा उमेद्वारी दर्ता गर्ने निर्णय समेत सदर गरिएको छ । टान लगायत अन्य पर्यटन सम्बद्ध संस्थाहरूमा शेर्पा पर्यटन व्यवसायीको नेतृत्व सुनिश्चित गर्न शेर्पा पर्यटन व्यवसायी संघ एकजुट भई अघि बढ्ने कुरामा कुनै द्वुविधा राख्नु पर्ने आवश्यकता छैन, संघका अध्यक्ष संगम शेर्पा बताउनुहुन्छ ।
बिगत् मा झैं पुनः टानको नेतृत्व गरी नेपालको पर्यटन क्षेत्रलाई द्विगो र सम्वृद्धिको संबाहक क्षेत्रका रूपमा विकास गर्न शेर्पा पर्यटन व्यवसायीहरू हरेक दृष्ट्रिकोणबाट तयार रहेको कुरा वरिष्ठ शेर्पा पर्यटन व्यवसायीहरूको ठम्याई हो ।
करिब १०० जना विशिष्ठ शेर्पा पर्यटन व्यवसायी सहभागी रहेको यस भेलाले आसन्न टान निर्वाचनमा प्रत्यासी अध्यक्षका उमेद्वारका रूपमा हाल शेर्पा पर्यटन व्यवसायी संघका महासचिव पासांङ शेर्पा, प्रत्यासी उपाध्यक्षका उमेद्वारका रूपमा हाल शेर्पा पर्यटन व्यवसायी संघका द्वितिय उपाध्यक्ष सनम शेर्पा, प्रत्यासी महासचिव उमेद्वारका रूपमा हाल शेर्पा पर्यटन व्यवसायी संघकी केन्द्रिय सदस्य सोनाम याङ्जी शेर्पा, प्रत्यासी कोषाध्यक्षको उमेद्वारका रूपमा हाल टानको केन्द्रिय सदस्य लाक्पा शेर्पा, प्रत्यासी सदस्य उमेद्वारका रूपमा शेर्पा पर्यटन व्यवसायी संघका संस्थापक उपाध्यक्ष मिङ्मार शेर्पा लगायतको मनोनयन दर्ता गराउने निर्णय अनुमोदन गरेको छ ।
यस भेलामा टानका पुर्व प्रथम उपाध्यक्ष कामी रिन्जी शेर्पा, बेल्जियमका लागि नेपालको मानार्थ महादुत आङ छिरिङ शेर्पा, नेपाल पर्वतोरोहण संघकि पुर्व अध्यक्ष लाक्पा फुटी शेर्पा, नेपाल टुरिजम बोर्डको पुर्व सदस्य
ङवाङ् ङिमा शेर्पा, आदिवासी जनजाती पर्यटन महासंघका सभापति सोनाम जि. शेर्पा, शेर्पा पर्यटन व्यवसायी संघका पुर्व उपाध्यक्ष फुरी जि. शेर्पा, टानका पुर्व कान्द्रिय सदस्य वाङ्छु शेर्पा, शेर्पा पर्यटन व्यवसायी संघका पदाधिकारी लगायत अन्य शेर्पा पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो । सम्पुर्ण वक्ताहरूले शेर्पा समुदायको बृहत्तर हितका लागि शेर्पा पर्यटन व्यवसायी संघको अग्रणी भुमिकाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!