Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

‘आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो’


गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन गराउन निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्नुुभएको छ ।

आयोग पदाधिकारीसँग आज भएको छलफलमा उहाँले आयोगको भवनलगायत पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको कार्यालय भवन पुनःनिर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र त्यसका नयाँ व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ परिमार्जन आवश्यक भएको बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!