Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन


बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ।

उहाँ ९६ वर्षकी हुनुहुन्थ्यो। वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उहाँको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उहाँको समीप पुग्नुभएको थियो । उहाँका ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा हुनुभएको छ । उहाँलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!