Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

श्रीलङ्का ः सैतीस राज्य मन्त्रीद्वारा सपथ ग्रहण


श्रलिङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

सपथ खानेहमा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त हुनुभएको छ । उहाँहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ ।

सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका सङ्केतहरू देखिए पनि अझै आर्थिक सङ्कट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!