Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

सोवरस् एक्सन नेपालले निशुल्क रुपमा पुस्तकालय, कम्पयुटर कक्षा संचालनमा ल्याउने भएको छ


पछिल्लो समय समाजसेवामा सक्रिय भुमिका निर्वा गर्दै आइरहेको सोवरस् एक्सन नेपालले काठमाण्डौको तीनचुली आरुबारीमा विद्यार्थी तथा युवाहरुलाई मध्यनजर गर्दै फ्रि लाइब्रेरी, कमप्युटबाट हुने अन्लाइन सेवामुलक काम, कमप्युटर सिकाई, कमप्युटर ल्याव सेवा लगाएत सुलब मुल्यमा कफि शप समेत संचालनमा ल्याउने भएको छ । शनिवार समाजकल्याणका प्रतिनिध त्यसैगरी सोवरस् एक्सन नेपालका प्रमुख आचार्य पासाङ वाङदी शेर्पाको प्रमुख आमन्त्रणमा सोवरस् एक्सन नेपाल कम्युनिटी सेन्टरको औपचारिक रुपमा सुरुवात गर्न लागेको हो । पढ्नमा रुचि भएका र न्युन आय भएका विधर्थी तथा युवायुवतीहरुले यहाँ आएर पढ्न र मनोरञ्जन गर्न पाउने सोवरस् एक्सन नेपालका प्रमुख आचार्य पासाङ वाङदी शेर्पाको भनाई छ । सोवरस् एक्सन हङकङ, सोवरस् एक्सन नेपाल लगाएत संस्थाको सहयोगमा खुल्न लागेको यो कम्युनिटी सेन्टर आगामी दिनमा अन्य शैक्षिक कार्यक्रमहरुलाई अघि बढाउँदै लैजाने संस्थाको योजना छ । पछिल्लो समय बढ्दो शहरीकरणका कारण शान्त र मनोरम स्थानमा विद्यार्थीहरुले चाहेर पनि पढ्न र विश्राम लिन मुस्किल पर्दै गएको अवस्थामा यो सोवरस् एक्सन नेपाल कम्युनिटी सेन्टरले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्ष गरिएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!