Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

नायक शाहलाई बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद फैसला


जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आजको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु २५ हजार जरिवानाको फैसलासमेत भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले राससलाई जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । यसअघि भदौ १५ गते पेशी तोकिएमा स्थगित भई आज सुनुवाइ भएको हो । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । नायक शाह तनहुँ कारागारको थुनामा छन् । उनीविरुद्ध तनहुँ अदालतमा सुनुवाइ हुन बाँकी छ ।

भदौ १५ गते पेशी तोकिएकामा उक्त दिन न्यायाधीश बिदामा बसेपछि पेशी स्थगित भएको थियो । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भनी रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!