Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सुनको मूल्य दुई हजार छ सयले बढ्यो


स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रति तोलामा रु ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!