Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

आज ग्याल्पो ल्होसार हैन – शेर्पा विधार्थी संघ


यस वर्ष शेर्पा सामुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसार यहि मिति २०८० माघ २७ गते थियो । शेर्पा समुदायले आफ्नो ल्होसार सुरु हुन एक महिना अघि नै आ-आफ्नो घर रङ्गाउने, सफा गर्ने र नयाँ लुगाफाटो किनि, आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना लुग्दार/ध्वजाहरुलाइ परिवर्तन गरि र सम्बोटा लिपिलाइ सेतो पिठो प्रयोग गरि घरको खम्बा, भित्ता एवं दलिनमा टासी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्नहरुले घर सजाइ मनाइसकेको छ।

तर, नेपाली पत्रोमा २०८० फाल्गुन २८ गते ग्याल्पो ल्होसार पारेको छ । भोट्चन्द्र पात्रो अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई राखेर सहि तिथिमिती राखी पात्रो निर्मान गर्न नेपाल सरकारलाई वारम्वार अनुरोध गर्दापनी सुधार हुन सकेन, जुन दुखद पक्ष हो ।

यस मानेमा नेपाल शेर्पा संघको २०८०/१०/२५ गतेको प्रेस-नोटलाइ समर्थन जनाइ ग्याल्पो ल्होसारको मितिमा भएको त्रुटी सच्याउन नेपाल शेर्पा विधार्थी संघ केन्द्रिय कार्यसमिति नेपाल सरकारसङ्ग जोडदार माग गर्दछ । नेपाल शेर्पा विधार्थी संघ महाधिवेशन मुलआयोजक कमिटी सचिव फुर्वा छिरिङ शेर्पाले बताउनु भयो |

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!