Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भोटेकोशी गाउँपालिका स्तरीय अन्तर वडा क्लव फुटबल कप २०८० सम्पन्न


सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको गाउँपालिका स्तरीय अन्तर वडा क्लव फुटबल कप २०८० भव्यताका साथ सम्पन्न भएको छ।
`काठ पुरुष गरुड बर्ष २१५१ औं ग्याल्पो ल्होसार´को अवसर पारेर शिरिचौर टोल सुधार समिती र भोटेकोशी तालिम केन्द्रले संयुक्त रुपमा सो खेल आयोजना गरेको थियो।
हिजो भएको समापन कार्यक्रममा भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाको प्रमुख आतिथीका रुपमा रहनुभएको थियो भने भोटेकोशी गाउँपालिकाभित्रका वडाका वडाध्यक्षहरुको पनि सहभागी भएका थिए। गत माघ २७ गतेबाट सुरु भएको खेल कार्यक्रम फागुन १ अर्थात हिजो सम्पन्न भएको हो। सो खेलमा सहभागी १२ समूहमध्ये हिजो भएको फाइनल खेल वडा नम्बर ३ तामाङ गुम्बा र वडा नम्बर ४ सुनखानी युवा क्लवबीच भएको थियो। हिजो भएको फाइनल खेलमा सुनखानी युवा क्लवलाई २-१ गोल अन्तरले हराउदै वडा ३ तामाङ गुम्बाले जित हात पारेको छ।
जितसङ्गै तामाङ गुम्बा टिमले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन् भने उपविजेता सुनखानी युवा क्लवले नगद २५ हजार प्राप्त गरेका छन् ।

#nepalgyan #news #kathmandu #nepal

 


क्याटेगोरी : खेलकूद, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!