सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट उम्मेदवार सिफारिस
![](https://www.nepalgyan.com/wp-content/uploads/2022/09/Agni-Sapkota.jpg)
सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।
मङ्सिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेशसभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसङ्ख्यकबाट पार्वती थामी सिफारिस हुनुभएको छ ।
प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल, आदिवासी जनजातिबाट लालकान्छा तामाङ, आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ, दलितबाट राजु खाती, आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा र अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।
प्रदेशसभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा र प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट अमृता नेपाल, आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ, आदिवासी जनजातिबाट पदम श्रेष्ठ, दलितबाट सागर परियार, दलितबाट सुभाष सुन्दास र अपाङ्गबाट टीकाराम पराजुली सिफारिस हुनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया