Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

छोरी कुट्ने बुबा धरौटीमा रिहा


आफ्नी छोरीलाई निर्घात कुटपिट गरको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गत पुस २१ गते मण्डलले आफ्नी चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ । बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्ध कसुर मुद्दामा कारबाही सुरु भएको हो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!