Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

‘अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन’


नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता ६० वर्षअघि नै प्राप्त गरेको र आजसम्म त्यसमा कुनै परिवर्तन नभएको जनाएको हो ।

नेपाल रेडक्रस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य नेपाल रेडक्रस सोसाइटी रहेको र नेपालको कानुनअनुसार दर्ता भई मानवीय सेवामा देशभर संलग्न रहेको विज्ञप्तिमा उल्ल्ेख छ ।

 

सोसाइटीले लेखापरीक्षण, वार्षिक साधारणसभा, समाजकल्याण परिषद्को आबद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

लामो समयको रस्साकस्सीपछि गत साउन २ गते  प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा नेपाल रेडक्रसको केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!