Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

राष्ट्रपतिसँग शिष्टाचार भेट


राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!