Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

नेपालको अर्थतन्त्र पुरानैलयमा फर्किसक्यो : नेता कार्की


नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रले गति लिइसकेको बताउनुभएको छ । प्रेस युनियन सङ्खुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको अर्थतन्त्र पुरानैलयमा फर्किसकेको दाबी गर्नुभयो ।

विश्वभर कोरोनापछि तहसनहस भएको अर्थतन्त्र विस्तारै लयमा फर्किँदै गरेको भन्दै वर्तमान सत्तागठबन्धन सरकारले अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको पूर्वअर्थमन्त्री कार्कीको भनाइ थियो । अर्थतन्त्रका सूचक सकारात्मक भएकाले यसलाई गतिदिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अग्रसरता दिइरहेको उहाँले बताउनुभयो ।

“एमसिसी नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भन्नुभयो, “यो पाँच वर्षमा सम्पन्न गर्नुपर्दछ । विद्युत्को क्षेत्रमा एमसिसी कोशेढुङ्गा सावित हुनेछ ।” व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पु¥याउने बताउँदै उहाँले सबैभन्दा पहिला जिल्लावासीले लाभ लिनुपर्ने धारणा राख्नुभयो ।

फरक प्रशङ्गमा कांग्रेस नेता कार्कीले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुने दाबी गर्नुभयो । राष्ट्रियसभा निर्वाचनको सन्दर्भलाई लिएर नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका जिल्ला सोलुखम्बु, खोटाङ, भोजपुर हुँदै हिजो बेलुकी सङ्खुवासभा आइपुग्नुभएको हो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!