Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम


लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् । लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् ।

लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ । राई, लिम्बू, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर मनाउने चलन रहेको रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताउनुयो ।

मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको भन्ने किवंदन्ती छ । आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताउनुभयो । आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनामको शुभारम्भ भएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!