Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

विद्यालय नजिक सुर्तीजन्य पदार्थ निषेध अभियान


विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा  गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो ।

विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको र त्यसबाट बालबालिकामा असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताउनुभयो ।

उक्त क्लबले ¥याली आयोजना गर्दै पसलमा गएर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पसलमा त्यस्ता पदार्थ बिक्री वितरण बन्द गरिएको छ वा छैन भनेर अनुगमनसमेत गरिरहेको उहाँको भनाइ थियो ।

विद्यालय नजिक दर्जनौँ सङ्ख्यामा पसल रहेका र तीमध्ये कतिपय पसलमा मदिरासमेत बिक्री भइरहेको गुनासो आएको क्लबका सदस्यहरुले बताए । “विद्यालयमा अध्ययनरत स–साना विद्यार्थीले पनि भोला, गुड्खा, पराग, मुस्कान, मेघाश्री, राजनिवासजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएकाले विद्यालय हातादेखि एक सय मिटर दूरीभित्रका पसलमा यस्ता पदार्थ बिक्री नगर्न हार्दिक अनुरोध गर्दछँै,” क्लबले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, “विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई पसलेलाई पनि सुर्ती तथा सुर्तीजन्य पदार्थ एवं मादक पदार्थ बिक्री वितरण नगरिदिन अपिल गर्दछौँ ।”

विद्यालय पोसाकमा विद्यालयबाहिर यस्ता क्रियाकलापमा विद्यार्थी संलग्न भएको देखिए तुरुन्त विद्यालयमा खबर गरिदिन समेत क्लबले अपिल गरेको छ । कानुनमै विद्यालयको एक सय मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख भएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न अभिभावकबाट समेत दबाब आइरहेको विद्यालयका प्रधानाध्यापक शान्तिराम चम्लागाईंले बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!