Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अन्लाईन शेर्पा वक्तृत्वकलाको उपाधि सोलुखुम्बुकी मिङ्मा सोनाम शेर्पालाई


नेपाल शेर्पा विद्यार्थी संघले आयोजना गरेको अन्लाईन शेर्पा वक्तृत्वकला प्रतियोगिताको उपाधी सोलुखुम्बुकी मिङ्मा सोनाम शेर्पाले हात पारेकी छिन् ।

`जलवायु परिवर्तन र हिमाली क्षेत्रमा यस्को असर´ शीर्षकमा आयोजित प्रतियोगिताको अन्तिम नतिजा शनिबार सार्वजनिक गरिएको हो।
शनिबार काठमाडौंको आदिम नेसनल कलेजमा निर्णयकहरुले  प्रत्यक्ष मुल्यांकन गरि सो प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरेका थिए ।प्रतियोगितामा सोलुखुम्बुका आङ्छिरिङ शेर्पा द्दितीय तथा रामेछापकी यलिसिबा, सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पा र ताप्लेजुङका गुराँस शेर्पा तित्तीय भएका छन् ।
प्रतियोगिताको निर्णायक मण्डलका रुपमा जलवायु परिवर्तन न्यूनीकरण अभियन्ता , जलवायु विज्ञ आङ्छिरिङ शेर्पा,सगरमाथा नेक्स्टका अध्यक्ष तथा सबैभन्दा लामो समय( २६ घण्टा ३६ मिनेट)  रेडियो अन्तर्वार्ता दिई विश्व किर्तिमानी व्यक्ती,  हिमाली क्षेत्रको वातावरण संरक्षक आङ्फिन्जो शेर्पा र  सन्चारकर्मी निमलेकी शेर्पा रहेका थिए।
निर्णायकहरुले प्रतियोगिहरुले पठाएको भिडियोलाई हेरेर सो को आधारमा फर फरक मापदण्ड तोकेर मुल्यांकन गरेकामा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै मिङ्मा सोनाम प्रथम भएकी हुन् । संघले आफ्नो ३० औं बार्षिक उत्सवको अवसरमा सो प्रतियोगिता आयोजना गरेको हो।

शनिबार नतिजा सार्वजनिक कार्यक्रमका क्रममा प्रतियोगिताका निर्णायकहरुले जलवायु परिवर्तन र यसका असरका विषयमा आफ्ना फरक फरक अनुभवहरु समेत सुनाएका थिए। सो क्रममा निर्णायक आङ्छिरिङ शेर्पाले आफू लामो समयदेखि हिमाली क्षेत्रको वातावरण बचाउन लागिपरेको भएपनी सिंगो विश्वले बुझ्न नसकेसम्म जलवायु परिवर्तनले नेपालको उच्च हिमाली क्षेत्रमा थुप्रै असर गर्नसक्ने बताउनुभएको छ। उहाँका अनुसार विगतमा अन्टर्क्टिकामा रहेका सिल माछा र पेङ्गुइनको अस्तित्वको विषयमा बढी चासो राख्ने विश्वले जलवायु परिवर्तनले मानिसमा पर्ने असरबारे अनिवज्ञ रहेको जिकिर गर्नुभयो ।
त्यसैगरी अर्का निर्णायक आङ्फिन्जो शेर्पाले पनि शेर्पा विद्यार्थी संघले आयोजना गरेको प्रतियोगिताको शीर्षक छनोट अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभएको छ। उनले मानवीय गतिविधिका कारण  उच्च हिमाली क्षेत्रको वातावरण क्रमश बिग्रीदै गएकोमा युवाहरु यसबारे सचेत हुनुपर्ने बताउनुभएको छ भने प्रतियोगिताको क्रममा युवा पुस्तामा देखिएको वाककलाको आफू प्रसंशक बनेको भन्दै निमलेकी शेर्पाले सबै प्रतियोगिहरुको प्रशंसा गरेकी छिन् ।

नेपाल शेर्पा विद्यार्थी संघले आयोजना गरेको सो प्रतियोगितामा कुल २५ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!