Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

भारतीय विदेशमन्त्री जयशङ्करले त्रिवि पुस्तकालयको भवन उद्घाटन गर्दै


त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित  भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ ।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।   त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक  सागरराज सुवेदीका  अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम)समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उहाँले दिनुभयो ।
विसं२०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो  । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।

कीर्तिपुर, २० पुस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!