अत्यधिक चिसो बढेपछि मुगुमा विद्द्यालय बन्द
मुगु जिल्लाको मुगुम कार्मरोङ गाउँपालिकाले उपल्लो करानका विद्द्द्यालयहरुमा जाडो बिदा दिन सुरु गरेको छ।
अत्यधिक चिसो बढेपछि कर्मचारीलाई काम गर्न गार्हो भएको र विद्द्यालयहरुमा पठनपाठन गर्नसमेत समस्या भएपछि जाडो बिदा दिएको हो।
चिसोमा विद्द्यालय लगाउदा विद्यार्थीहरु समेत बिरामी पर्न सक्छन् । चिसोका कारण विद्यार्थीहरु मन लगाएर पढ्न सक्दैनन् । यसैले गाउँपालिकाले आउँदो पौष दोश्रो सातादेखी माघ १५ गतेसम्मको लागि विद्द्यालय बन्द गरेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया