१५ लाख बुझाउन नसक्दा तीन साता बढी जेलमै बसे टेकनाथ रिजाल
नक्कली भुटानी शराणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शराणार्थी नेता टेकनाथ रिजाल अन्ततः छुटेका छन् ।
उक्त मुद्दामा सात महिना जेलमा बसी बुधबार १५ लाख धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
अदालतले गत मंसिर १५ मा नै धरौटी बुझाएर छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा थप ३ साताभन्दा बढी जेलमै बसेका उनी बुधबार रिहा भएका हुन् ।
अब उनले पौष २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
प्रतिक्रिया