Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

विङ्स नेपालद्वारा निर्मित पुस्तकालयको उद्घाटन


सिन्धुपाल्चोक जिल्लाको विकट गाउँ गोल्चीमा रहेको गोल्ची आधारभूत विद्द्यालयमा नयाँ पुस्तकालय स्थापना भएको छ। मिस मंगोल नेपाल २०२२ कि विजेता पासाङ डोल्मा शेर्पा संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था विङ्स नेपाल फाउन्डेसनले  सो पुस्तकालयको उद्घाटन गरि बिहिवार  विद्द्यालयलाई हस्तान्तरण गरिएको हो।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाकि  उपाध्यक्ष दिछेन शेर्पा विशेष अतिथि तथा आदिवासी चलचित्र निर्माता नवीन सुब्बाको उपस्थिती रहेको थियो।
भोटेकोसी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित गोल्ची गाउँमा सन्चालित विद्द्यालयमा समयसापेक्ष प्रविधीको प्रयोग हुन नसक्नु र आवश्यक शिक्षणसामाग्रीको अभावमा शिक्षाको गुणस्तर घट्दै गएको छ।  जसको प्रत्यक्ष असर विद्यार्थीको सङ्ख्यामा पर्न गएकोले पुस्तकालय स्थापना हुँदा विद्यार्थीलाई प्रोत्साहन मिल्ने र सङ्ख्या बढ्न सक्ने भएकोले पुस्तकालय स्थापना गरेको फाउन्डेसनका अध्यक्ष पासाङ डोल्मा शेर्पाले बताउनुभयो ।

२०७२ सालको  महाभूकम्पपछि गाउँमा मानिस नै बस्न छोडे। त्यसपछि  विद्द्यार्थी सङ्ख्या सयौंबाट घट्दै तल जान थालेपछि विद्यार्थीहरुमा शिक्षाप्रती  रुचि जगाउने उद्देश्यले पुस्तकालय स्थापना गरेको उनले बताए। फाउन्डेसनले विद्द्यालयमा कम्प्युटर, बाल पाठ्यपुस्तक, विभिन्न खेलौना तथा एलसीडी मोनिटर स्क्रीन र आवश्यक फर्निचरसमेत प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पासाङ नुर्बु शेर्पाले फाउन्डेसनले गरेको कामको खुलेर  प्रशंसा गर्नुभएको छ। उहाँले विकट गाउँ गोल्चीमा पुस्तकालय स्थापना भएकोमा खुसी व्यक्त गर्दै भन्नू भयो, “ विङ्स नेपालले यो गाउँमा गरेको काम एकदमै राम्रो छ । गाउँको शैक्षिक अवस्था सुधारका लागि भएको काममा गाउँपालिका सधै साथमा रहनेछ।´´

कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाले गुणस्तरीय शिक्षा नहुँदा गाउँमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएको बेलामा यस किसिमको पुस्तकालय निर्माण हुनुले गाउँलेहरुमा आफ्ना छोराछोरीलाई गाउँमै पढाउनुपर्ने कुराको अनुभूति हुने बताउनुभयो ।

बिहिवार विद्द्यालयको प्राङ्गणमा एक कार्यक्रमका साथ नवनिर्मित बाल पुस्तकालय तथा अध्ध्यन कक्षाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। कार्यक्रमलाई थप भव्य र उत्साहपूर्ण बनाउन स्थानीयहरुले सांस्कृतिक झाँक्री नृत्य, मौलिक श्याब्रु नृत्य तथा बाल गीत समेत प्रस्तुत गरेका छन् ।

कार्यक्रममा स्थानीय बासिन्दा,विद्द्यालय व्यवस्थापन समितिका  पदाधिकारीहरु,जनप्रतिनिधि तथा अन्य आमन्त्रित अतिथिहरुको उपस्थितिमा सम्पन्न भएको छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : प्रविधी, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!