Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए


सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९

रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ५५ हजार सात सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनपश्चात नयाँ मतदाताहरूका लागि

यही असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन मिति तोकेपछि २० गतेदेखि मतदाता नामावली सङ्कलन कार्य

रोकिएको थियो । असार १ गतेदेखि साउन २० गतेसम्ममा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट विवरण सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी

दिनुभयो । थप भएकासहित आउँदो निर्वाचनका लागि सिन्धुपाल्चोकमा कूल मतदाताको सङ्ख्या दुई लाख ६१ हजार छ सय १७ पुगेको निर्वाचन अधिकारी रिजालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दुई वटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र चार वटा रहेको छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ६७ हजार

एक सय ७६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा ६४ हजार दुई सय ५९ जना मतदाता रहेका छन् । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा

६३ हजार तीन सय ८० जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ६६ हजार आठ सय दुई मतदाता रहेका छन् । आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भएका र फोटोसहितको मतदाता नामावलीमा

नाम समावेश भएका नागरिकहरूले मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुन पाउने जिल्ला निर्वाचन अधिकारी रिजालले जानकारी दिनुभयो । मतदाता नामावली प्रति दावीविरोध

भएमा त्यसको छानबिन गरिने उहाँको भनाइ छ । मतदाता नामावली अद्यावधिकपश्चात हाल कायम भएका मतादाता सङ्ख्यामा थपघट हुने उहाँले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको १२ स्थानीय

तहमा हाल एक सय ४४ मतदान स्थल र तीन सय १६ वटा मतदान केन्द्र रहेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!