Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग


जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय खबर मिडिया इन्कबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित रु एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेललाई हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभएको हो ।

सङ्कटको समयमा पीडामा परेका पत्रकारलाई सानो भए पनि राहतको मल्हम लगाउने प्रयास गरिएको हिमालय खबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताउनुभयो ।

हिमालय खबर मिडिया लिन्क परिवारले जाजरकोट र रुकुमका भूकम्प प्रभावित पत्रकारका लागि महासङ्घले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो रकम प्रदान गरेको हो । हिमालय खबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोगस्वरुप रकम सङ्कलन गरिएको थियो ।

काठमाडौँ, १५ मङ्सिर

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!