Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

दुर्गा महेशको भिडन्त हुँदै , आवश्यक काम परे मात्र सवारी साधन लिन प्रहरीको अनुरोध


ट्राफिक प्रहरी कार्यालयले ७ गते अत्यावश्यक काम परेमात्र सवारी साधन चलाउन आग्रह गरेका छन् । प्रहरीले सुरक्षा स्थिति चुनौतीपूर्ण हुनसक्ने भन्दै अनावश्यक काममा साधन लिएर बाहिर नजान भनेका हुन् ।

काठमाडौंलाई केन्द्र बनाएर ७ गते अर्थात भोलि महेश बस्नेत समूह र दुर्गा प्रसाईं पक्षको व्यापक शक्ति पर्दर्शन हुँदैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले महेश बस्नेत पक्षको लागि काठमाडौंको तिनकुने र दुर्गा प्रसाईको लागि बल्खु चोकमा जनपर्दर्शनको लागि स्थान तोकिदिएको छ।

महेश बस्नेत पक्षमा एमाले पार्टी तथा एमाले निकट युवा संघ छन् भने दुर्गा प्रसाईको पक्षमा लघुवित्त, सहकारी ,बैंक पीडित तथा राजतन्त्रमा विश्वास गर्नेहरु छन् ।
सोही दिन प्रहरीले सवारी आवगमनलाई ध्यानमा राख्दै ७ गते सबैले विचार गरेर मात्र सवारी चलाउन भनेका हुन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!