Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

काठमाडौँको सडकका गाईबाच्छा काञ्जी हाउसमा


काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको सो कार्यको ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले खुसी व्यक्त गरेको छ ।

‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ । सडकमा अलपत्र असहाय गाईबाच्छालाई संराक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरुलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न गर्नुभयो । गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उहाँले आग्रह गर्नुभयो ।

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ । उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरुले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताउनुभयो ।

काठमाडौँ, २६ कात्तिक

#nepoalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!