Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा


यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका

थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या

मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणअनुसार भदौ ७ गते छ सय ३४, ८ गते चार सय ८७, ९ गते चार सय ४४ र १० गते तीन सय २४ मा सङ्क्रमण देखिएकामा आज सङ्क्रमण

घटेर एक सय ७३ मा झरेको छ । पछिलो २४ घण्टामा निको भएर घर गएका बिरामीको सङ्ख्या तीन सय ९६ रहेको छ । मन्त्रालयका अनुसार आज ४७ हजार एक सय ५२ ले खोप लगाएका छन् । आज

कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय १२ रहेको छ । निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको छ । हालसम्म ११ हजार

नौ सय ९९ को मृत्यु भएको छ । अहिलेसम्म पिसिआर परीक्षणमा नौ लाख ९६ हजार छ सय ७० र एन्टीजेन परीक्षणमा एक लाख ५० हजार तीन सय ३२ मा सङ्क्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!