फेरि अनसन थालिन् भारती मानन्धरले

भारती मानन्धरले दसैं सकेलगतै फेरी रिले अनसन सुरु गरेकी छन् ।
श्रीमान चेतन मानन्धर म्को हत्या गरेको आरोपमा थुनामा रहेका नेपालगन्जका गुन्डा नाइके योगराज ढकाललाई सरकारले संविधान दिवसमा आममाफी दिएपछि प्रतिवाद गर्दै उनले अनसन सुरु गरेकी थिइन् ।
आफ्नो श्रीमानको हत्या गर्ने योगराज ढकाललाई तुरुन्तै जेल चलान गर्न उनको माग छ। गएको असोज ३ गते संविधान दिवसको दिन सरकारले आममाफी दिने निर्णय गरेलगतै राष्ट्रपतिले सदर गर्दै हत्यारा ढकालले आममाफी पाएर बाहिर निस्केका थिए।
त्यसकै विरुद्द भारतीले आइतबारदेखि पुनः माउतीघर मण्डलामा अनसन सुरु गरेकी हुन् ।
२०७२ असार २८ गते नेपालगन्जमा झडप हुँदा चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या भएको थियो।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज
प्रतिक्रिया