Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

महासचिव गुटरेसको भ्रमण हुने भएपछि हतार हतार सडक कालोपत्रे गर्दै लुम्बिनी विकास कोष


संयुक्त राष्ट्संघका महासचिव एन्टोनियो गुटरेस यतिखेर नेपालमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ` प्रचण्ड ´ को निमन्त्रणामा उनी ४ दिने औपचारिक नेपाल भ्रमणमा आएका हुन् ।

नेपालको भ्रमणका लागि उनी आइतबार बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनले आजै रास्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासमा भेट्नेछन् भने प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम तय भएको छ । त्यसलगायत उनले नेपालका शिर्ष नेता तथा केही मन्त्रीहरुसङ्ग पनि भेट गर्दैछन् ।

नेपाल भ्रमणका क्रममा उनी सोमबार सोलुखुम्बुको नाम्चे , पोखरा , अन्नपूर्ण आधार शिवीर तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भ्रमण गर्दैछन् । उनको लुम्बिनी भ्रमण हुने भएपछी यतिखेर लुम्बिनी क्षेत्रमा हतारहतार सडक कालोपत्रे गर्दैछन् । लामो समयदेखि अलपत्र रहेका लुम्बिनी विकास कोष क्षेत्रभित्रका सडकमाव धमाधम काम भईरहेको छ।

यसअघि सुनसान रहेको लुम्बिनी विकास कोष क्षेत्रमा संयुक्त राष्ट्रसंघको महासचिव जस्तो महत्वपूर्ण व्यक्तिको भ्रमण हुँदै गर्दा सडकमा जात्रा नै देखिन थालेको छ। यद्यपि यो प्रवुत्ती नौलो भने होइन। अरुबेलामा सिन्को नभाँच्नेहरु जब देशमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको भ्रमण हुने निश्चित भएपछि धमाधम काम गर्न थाल्छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!