Techie IT
  • २४ भदौ २०८१, सोमबार
Nepal Gyan

राजनीति

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकियो, के-के भयो सहमती


काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकियो छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक बोलाएका थिए । तर, जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बैठकमा अनुपस्थित रहे ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि व्यस्त भएको भन्दै निस्किएपछि बैठक शुक्रबार बिहानका लागि स्थगित भएको हो ।

‘सबै नेताहरु आउनुभएन । त्यही कारण बैठकमा सामान्य छलफल भयो । तर, निर्णय नै गर्ने गरी एजेन्डा प्रस्तुत नै भएन,’ बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी उठ्यौं ।’

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयले चर्चा पाइरहेको र एमसीसीकै उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेका बेला देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका थिए ।

बैठकमा सहभागी हुन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगेका थिए । अन्य पार्टीका नेताहरु बाहिरिएपछि प्रधानमन्त्री र मन्त्रीहरुबीच भने छलफल जारी छ ।

यसअघि सत्तारुढ गठबन्धनको तीन पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो।

हात्तीवनमा भएको अध्यक्षत्रयको भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएनी सत्ता साझेदारी दल नेपाली कांग्रेस भने सहभागी भएको थिएन । स्रोतका अनुसार भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तार र अमेरिकी परियोजना (एमसिसी)को बिषयमा पनि छलफल भएको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठबन्धनको दुई महिना पुग्न लाग्दासमेत अझै मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारलाई पूर्णता दिनको लागि शीर्ष नेताहरुबीच अझै भागबण्डा मिलेको छैन।

समाजवादी र जसपाले उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि सहमति बन्न सकेको थिएन। एमसिसीको बिषयमा पनि गठबन्धनमा विवाद उत्पन्न हुने संकेत देखिएको छ।

प्रधानमन्त्री देउवा एमसिसी अगाडि बढाउने पक्षमा छन्। तर, प्रचण्ड संशोधनबिना संसदबाट पास गर्न नहुने अडानमा छन्। एमसिसीले गठबन्धनमा विवाद सुरु हुने परिस्थिति बनेको बेलामा देउवाबाहेकको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!