Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

अफ्लाईन पठाओ र इन्ड्राइभ गर्ने ८३ जना प्रहरीको नियन्त्रणमा, अफ्लाइन राइड सेयर नगर्न प्रहरीको अनुरोध


आइतबार काठमाडौंको विभिन्न स्थानबाट अनाधिकृत तवरले इन्ड्राइभ र पठाओको नाममा सर्वसाधारणलाई अफ्लाइनमा बसी ओसारपसार गर्ने ८३ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटेको टोलीले चोकचोकमा बसी अफलाइन पठाओ र इन्ड्राइभ भन्दै सर्वसाधारणलाई दुख दिनेहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाही गरिएको छ।

यस अघि अफलाइन पठाओ र इन्ड्राइभको नाममा चोरी, लुटपाटजस्ता घटनाहरु घटेको भन्दै प्रहरीले सुरक्षा संवेदनशीलता हिसाबले जोखिम सिर्जना हुने भन्दै अफलाईन राइड सेयर नगर्नसमेत सबैलाई अनुरोध गरेको छ।


क्याटेगोरी : शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!