भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो
नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित
दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । च्यापियनसीपमा भुटान समूह ‘बी’ मा रहेको छ । भुटानको समूहमा
श्रीलङ्का र नेपाल रहेका छन् । उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरसँगै
प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन ।
क्याटेगोरी : खेलकूद, समाचार
प्रतिक्रिया