Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

बौद्धगुरु शाक्य रिन्पोछेबाट २० हजारलाई दीक्षा प्रदान


बौद्धगुरु ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेबाट बौद्धस्थित तारागाउँ सङ्ग्रहालयको खुला चौरमा करिब २० हजार श्रद्धालुहरुले आर्य अवलोकितेश्वरको दुर्लभ महाभिषेक (वाङ्छेन) ग्रहण गरेका छन् । करिब तीन घण्टा लामो महाभिषेकका क्रममा गुरु रिन्पोछेले करुणा र शून्यताको गहन दर्शनमाथि प्रकाश पार्दै दीक्षा प्रदान गर्नुभयो ।

गुरु रिन्पोछेले राग, द्वेष र मोहले रोगी बनेका मानिसले काय, वचन र चित्त विशुद्धि गर्दै समस्त प्राणी आफ्नै नाता कुटुम्ब सम्झेर करुणासँगसँगै बोधिचित्त उत्पाद गर्न आह्वान गर्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शान्ति दीपप्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको धार्मिक समारोहमा बज्राचार्य गुरुबाट स्वस्तिवाचन गरिएको र बौद्ध स्तूपमाथि हेलिकोटरबाट पुष्पवृष्टि गरिएको थियो ।

महाअभिषेक ग्रहण कार्यक्रममा विभिन्न बौद्ध गुम्बासँग आबद्ध अनुयायीहरु, विदेशीका साथै नेवार एवं मधेसी समुदायका मानिसको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो । आयोजक व्योम कुसुमा बुद्धधर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध मैत्रीयोगी (जगन्मित्रानन्द) परम्पराको असाधारण आर्य अवलोकितेश्वरको महाभिषेक हो ।

विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्ने महाभिषेकको उद्देश्य हो । गुरु ठ्रिछेन् रिन्पोछे चारै बौद्ध सम्प्रदायबाट सम्मानित गुरु हुनुहुन्छ ।

काठमाडौँ, २८ असोज

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, शिक्षा, समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!