Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

कोदारी माध्यमिक विद्द्यालयमा १ लाखको अक्षयकोष स्थापना, दिवाखाजाका लागि फुर्पा शेर्पाको आर्थिक सहयोग


सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका २ मा रहेको कोदारी माध्यमिक विद्द्यालयमा नगद १ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ।

विजय दशमी , शुभ दिपावली तथा छठ्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोदारी माध्यमिक विद्द्यालयका भूतपूर्व विद्यार्थी र भोटेकोशी च्याम्बर्स अफ कमर्सका अध्यक्ष फुर्पा शेर्पा( फुन्नु) ले आफ्नो बुवा मंगले शेर्पा( ठुलो दाइ) को नामबाट संयुक्तरूपमा नगद १ लाख रुपैयाँको अक्षयकोष बनाई सो रकम विद्द्यालयका प्रधानध्यापक कमला लामालाई हस्तान्तरण गरेको छ। जसमा भूतपूर्व विद्यार्थीबाट ६१ हजार ४२४ रुपैयाँ र मंगले शेर्पा( जेठादाइ) को नामबाट ३८ हजार ५७६ रुपैयाँ गरि कुल १ लाखको अक्षयकोष खडा गरिएको हो।

विद्द्यालयमा बनाएको अक्षयकोषको  रकमबाट प्राप्त व्याज कोदारी माध्यमिक विद्द्यालयमा प्रत्येक बर्ष विद्द्यालय उत्कृष्ट हुने विद्यार्थी र उत्कृष्ट शिक्षकलाई पुरस्कारस्वरुप दिइनेछ।
विद्द्यालयमा आज आयोजित कार्यक्रममा भोटेकोशी च्याम्बर्स अफ कमर्सका अध्यक्ष फुर्पा शेर्पा( फुन्नु) ले त्यस विद्द्यालयमा अध्ययन गर्नका लागि टाढा -टाढाबाट हिडेर आउनुपर्ने बाध्यता भएका विद्यार्थीहरुका लागि दिवा खाजाबापत नगद १ लाख ४० हजारसमेत सहयोग उपलब्ध गराएका छन् । विशेषगरि त्यस विद्द्यालयबाट एस ई ई परीक्षामा सहभागी विद्यार्थीहरुले संतोषजनक नतिजा ल्याउन नसकिरहेको बेला टाढा टाढाबाट हिँडेर विद्द्यालय आउने विद्यार्थीहरुका लागि दिवाखाजाको व्यवस्था नहुँदा भोकभोकै पढ्नुपर्ने बाध्यता भएकोले दिवाखाजाको प्रबन्ध भए केही हदसम्म विद्यार्थीहरुको ध्यान पढाईमा जानसक्ने र परीक्षामा राम्रो नतिजा ल्याउन सक्ने भएकोले कक्षा १० पढ्दै गरेका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था होस् भनी सो रकम आज विद्द्यालयलाई हस्तान्तरण गरेका छन् ।

दिवाखाजाबापत नगद सहयोग र अक्षयकोष खडा भएपछि विद्द्यालयले सहयोगी सबैलाई सम्मान गरेको छ। विद्यार्थीहरुको समस्यालाई बुझ्दै आर्थिक सहयोग गरेकामा सबै विद्यार्थीहरुले एकमुष्ट धन्यवाद दिएका छन।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!