Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

पुस्तक बेचेर कृषि औजार मर्मत र सन्चालन गर्ने मुर्ख महावीर पुन


राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक तथा बैज्ञानिक महावीर पुनको जीवनकथामा आधारित पुस्तक गत आइतबारदेखि  बिक्री वितरण हुन थालेको छ।

महावीर पुनले आफ्नो जिवनको सम्पूर्ण  कथा समेटिएको  `सम्झना, सपना र अविरल यात्रा ´ पुस्तक प्रकाशित गरिएको हो। पुस्तकलाई उनले नेपाल लगायत विश्वभरी किन्न मिल्नेगरी अन्लाइन प्लेट्फर्म हरुमा बिक्रीका लागि राखिएको छ।

वीरगन्जमा रहेको कृषि औजार कारखाना बेवारिसे बन्दै गएको बेला उनले कृषिप्रधान देशमा त्यस्ता मेसिनहरुलाई मर्मत गरि सन्चालन गराउने भन्दै अभियान चलाएका थिए। बिरगंजको कृषि कारखानाको मेसिनहरु मर्मत र सन्चालन गर्न उनले पटक पटक सरकारसङ्ग बजेट माग गरेका थिए । त्यही मात्र नभई उनले अनुसन्धान तथा नवप्रवर्तनको  लागि छुट्टै बजेट छुटाउन मागसमेत गरेका भएपनी सरकारले उनको माग हालसम्म पूरा गरेका छैनन् ।

सरकारले आफ्नो कुराहरु नसुनेपछी अन्ततः उनले आफ्नो जीवनकथा समेटिएको पुस्तक लेख्ने र सो पुस्तक बिक्री गरि आएको रकमबाट बिरगंजको कृषि औजार मर्मत गर्ने उनको भनाई छ।

सरकारले प्रविधि र अनुसन्धानको क्षेत्रमा बजेट नछुटाएको भन्दै यसअघि  काठमाडौंमा धर्नासमेत बसेका थिए। बिरगंजको सो औजारहरु मर्मत गर्न पैसा आवश्यक नभए तत्कालै पुस्तक नलेख्ने कुरा उनले सामाजिअ सन्जालमा लेखेका छन् । आफ्नो पुस्तक सार्वजनिक भएको जानकारी गराउदै उनी लेख्छन् , ` अहिले सम्म मैले गरेको थुप्रै मुर्खतापूर्ण कामहरु जस्तै यो जीबन कथा लेख्ने काम पनि एउटा मुर्ख्याई नै हो । यो किताब बेचेर आएको सबै पैसा बीरगंजको कृषि औजार कारखानाको सुधार गर्ने र संचालन गर्ने काममा जानेछ । बीरगंजको कृषि औजार कारखानाको लागी तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन ।´  नेपालभित्र सो पुस्तक दराजको अन्लाईन प्लेट्फर्मबाट लिन सकिनेछ भने अन्य मुलुकको लागि अमेजनमार्फत पुस्तक लिन सकिनेछ।

पुस्तकको बिक्रि मूल्य नेपालमा ७ सय ५० रुपैयाँ तोकिएको छ भने  अमेजनमार्फत खरिद गर्न चाहनेले १० डलर तिर्नुपर्नेछ। दराजले उनको पुस्तक बिक्री गरिदिएबापत प्रतिपुस्तक २२ रुपैयाँ कमिसन लिनेछ । उनले नेपालभित्र कोहि कसैले आफ्नो पुस्तक बिक्री गराउन सहयोग गरे प्रतिपुस्तक ५० रुपैयाँसमेत दिने बताएका छन्

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : अर्थ, प्रविधी, राजनीति, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!