Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

ग्लोबल शेर्पा डे आज मनाउदै, नयाँ एप्समसेत सार्वजनिक गर्ने तयारी


विश्व शेर्पा संघले आफ्नो दोश्रो अधिवेशन आज गर्दै छ। संघले `ग्लोबल शेर्पा  डे´ को अवसर पारेर आज राजधानीमा भव्यताका साथ अधिवेशन तयारी गरेको छ।

विश्वभरि छरिएर रहेका शेर्पा समुदायको भाषा, संस्कृति तथा चालचलनमा एकरुपता ल्याउन र सिंगो  समुदायलाई एकीकृत गराउने उद्देश्यका साथ सन्  २०१७ मा आङ दोर्जी शेर्पाको अध्यक्षतामा ग्लोबल शेर्पा संघ गठन भएको थियो।
विश्व शेर्पा संघको गठन भएकै दिनलाई `ग्लोबल शेर्पा डे´ नामकरण गरि प्रत्येक बर्षको अक्टोबर ८ लाई ग्लोबल शेर्पा डे को रुपमा मनाउदै आएको हो।
संघले आज काठमाडौं चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा धर्मगुरु ठुल्सिक याङ्सी ङवाङ जिग्मे ठिन्ले कुन्ख्याब रिन्पोछेको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको छ।
संघको आजको अधिवेशनमा विश्वभरिका २१ वटा मुलुकबाट शेर्पा समुदायको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु आउदैछन् भने सो अवसरमा  `शेर्पा वर्ल्ड´ नामक एप्स समेत सार्वजनिक गर्ने तयारी भएको संघका अध्यक्ष आङ दोर्जी लामाले बताउनुभयो। यसअघि ल्याइएको शेर्पा भाषाको एप्स कार्यनयन खासै प्रभावकारी नभएको देखिएको भन्दै संघले आज शेर्पा वर्ल्ड नयाँ एप्सको रुपमा ल्याउन लागेको छ।
पछिल्लो पुस्ताहरुमा शेर्पा भाषाको प्रयोग कम हुँदै गएको बेलामा यो नयाँ भाषिक एप्सले सेर्पा समुदायको भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न मद्दत पुग्ने संघको दाबी छ।

 

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!